मणीराज बस्नेतको ‘नौलो परदेशी’ सार्वजनिक (भिडियो)

  हिमाल समाचार
455 Shares
‘नौलो परदेशी’

काठमाण्डौँ – गीतकार मणीराज बस्नेतले ‘नौलो परदेशी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

शुक्रबार सार्वजनिक गरेको गीतमा गौतम सागर राईले संगीत तयार पारेका छन् । सिक्किमेली गायिका सुरक्षा सेन्चुरीले स्वर रेकर्ड गराएकी छिन् । मनोज साङसन राईले संगीत संयोजन गरेका छन् ।

गरौ रमाईलो यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको स्टुडियो भिडियो जस्केलो क्रियशनले निर्माण गरेको छ । प्रस्तुत गीतमा नौलो परदेशीको जीउडालले हायलकायल बनाएको एक अविवाहित किशोरीको मनोभावलाई प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस् ।

जस्ले अमेरिकाबाट नेपाली संगीतमा लगानी गर्छन्

गीतकार बस्नेत काठमाण्डौँ फर्पिङमा जन्मे हुकेका गीतकार हुन् । उनी १७ बर्ष देखि अमेरिकामा बस्दै आएका छन् । जस्ले अमेरिकाबाट नेपाली गीतसंगीतलाई निरन्तरता दिईरहेका छन् । यसअघि ‘मायाले बोलाको’, ‘पोल्छ मुटु’, ‘फाटेको मन’ लगायतका गीत डिजिटल बजारमा छन् ।

निकट भविष्यमा गीतकार बस्नेतले ‘गुलेली मट्यांग्रा’बोलको गीत बजारमा ल्याउदैछन् । बस्नेतको गीतमा राम कुमार नेपालीको संगीत रहेको । अन्जु पन्त र संगीतकार नेपालीको स्वरमा रेकर्ड भएको छ ।

संगीतकार राई सोलुखुम्बुका हुन् । उनी पनि केही बर्ष देखि अमेरिकामै छन् ।

गायिका सेन्चुरी दार्जेलिङकी चेली हुन् । उनी नेपाली गायनलाई अघि बढाउन ‘दी भ्वाईस अफ नेपाल’ (सिजन ३)मा सहभागी बनेकी थिईन् । प्रतिस्प्रर्धाबाट बाहिरिएपछि पहिलो गीत ‘परदेशीको याद’गाएकी थिईन् ।

गौतम सागर राईको उक्त गीतलाई दर्शक स्रोताले मन पराएका छन् । त्यसपछि गायिका सुन्चेरीले करिव दुई दर्जन गीतमा स्वर रेकर्ड गराएकी छिन् । उनी नेपालमै बसेर संगीतमा स्थापित बन्न चाहन्छिन् ।

यो पनि,

गौतम सागर राईको ‘परदेशीको याद’ सार्वजनिक (भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार