राष्ट्रिय फुटबल टिमका ३६ खेलाडीलाई बन्द प्रशिक्षण

  हिमाल समाचार
49 Shares

काठमाडौं- राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण चलिरहेकाे छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३६ खेलाडीलाई प्रशिक्षणमा सहभागी गराएका छन् ।

गएको असार ८ गते बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका थिए। पहिलो चरणको छनोटबाट १४ खेलाडी बाहिरिएका छन्। प्रशिक्षण सुरु भएको १० दिनमा उनले पहिलो चरणको छनोट सम्पन्न गरेका हुन्। नेपालले आगामि सेम्टेम्बर अक्टोबरमा हुने साफ च्याम्पियनसिप र एएफसी एसिया कपको तेस्रो चरणको छनोटका लागि प्रशिक्षणमा छन्।

अहिले बन्द प्रशिक्षणमा गोलकिपर किरण कुमार लिम्बू, दिप कार्की, विकेश कुथू, विशाल श्रेष्ठ, अर्पण कार्की रहेका छन्। खेलाडीहरूमा आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्क कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितीन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिव लोप्चन, रन्दिप पौडेल, रन्जित धिमाल, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार