निर्माण सामग्रीहरूकाे भाउ बढ्याे, भएन अनुगमन

  हिमाल समाचार
77 Shares

काठमाडाैँ- निर्माण सामग्रीहरू गिटी–बालुवा, डन्डी तथा स्टिल, प्लास्टिकका पाइपजन्य सामग्रीमा अत्यधिक मूल्य बढेको छ। पेट्रोलियम पदार्थको भाउ बढेकाले पनि निर्माण सामग्रीको मूल्य बढेको हाे ।

फलामजन्य सामग्रीको भाउ पनि अप्रत्याशित रूपमा छ। निषेधाज्ञाअघि पचहत्तरदेखि असी रूपैयाँ किलोमा कारोबार भएको डन्डी अहिले निर्माण स्थलसम्म पुर्‍याउँदा एक सय दस रूपैयाँसम्म लाग्ने ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए।

‘निषेधाज्ञाअघि एक बन्डल जस्तापाताको बढीमा नौ हजार थियो। डन्डी पचहत्तरदेखि असी रूपैयाँ प्रतिकिलो थियो,’ उनले भने, ‘अहिले जस्तामा पाँच हजार, डन्डी किलोमा बीस-पच्चीस रूपैयाँ बढेको छ।’

डन्डीमा जस्तै विभिन्न किसिमका पाइपमा पनि मनलाग्दी मूल्य बढेको कटुवालले बताए। पाइप खरिदमा नापतौल गर्ने प्रणाली नभइ गोटा हिसाबमा कारोबार हुने भएकाले उपभोक्ता अझै मारमा परेको उनी बताउँछन्।

बर्खाको समयमा अरूबेला भन्दा बाटो खराब हुन्छ। ढुवानीमा समस्या हुन्छ। त्यस्तै गिटी बालुवाको उत्खनन कम हुन्छ र खोला किनारमा राखिएका सामग्रीमा क्षति पुग्न सक्छ। त्यसैले सुरक्षित गरेर स्टकमा राखिएका सामान मात्रै बेचिन्छन्। माग धेरै आएको अवस्थामा क्रसर व्यवसायीले स्वतः मूल्य बढाउँछन्।

तेलको भाउ अहिलेकै अनुपातमा बढिरहने हो भने निर्माण सामग्रीको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन्। व्यवसायी र डिलरको मिलेमतोमा लगातार मूल्य वृद्धि भएको र सरकाले अनुगमन नगरेको आरोप छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार