जासुसी यन्त्र पेगाससले कसरी गर्छ काम ?

  हिमाल समाचार
63 Shares

काठमाडाैँ- पेगासस जासुसी यन्त्र (स्पाइवेयर) हो । यो ह्वाट्सएपबाट स्मार्टफोनमा प्रवेश गर्छ । सन् २०१९ मेमा ह्वाट्सएपले यसलाई बग (प्रयोगकर्ताको अहित गर्ने कम्प्युटर कोड)को संज्ञा दिएको थियो । जसलाई ह्वाट्सएपले पेगासस नामाकरण गरेको थियो ।उक्त सफ्ट्वेयर एक जासुसी यन्त्र हो, जसलाई इजरायली कम्पनी एनएसओले बनाएको हो । ह्वाट्सएप र फेसबुकले उक्त कम्पनीविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन् ।निगरानी गर्न चाहेको फोनमा ह्वाट्सएपबाट फोन गरेर कोड पठाइन्छ । फोन नउठे पनि कोड मोबाइलभित्र प्रवेश गर्छ । केही रिपोर्टहरुका अनुसार यसले फोन गएको रेकर्डहरु समेत आफैँ मेटाउँछ ।

एकपटक स्मार्टफोनमा यो ‘स्टल’ भएपछि पेगाससले निगरानी राख्न चाहेको व्यक्तिको सम्पर्क नम्बर, क्यालेन्डर इभेन्ट्स, फोन कल र सन्देश ह्वाट्सएप र टेलिग्रामएपको माध्यमबाट जासुसी यन्त्रको नियन्त्रककहाँ पुर्‍याउन सक्छ । सामान्यतयाः ह्वाट्सएपको सन्देश प्रयोगकर्ताबीच गोपनीय रुपमा आदानप्रदान हुने गर्छ । तर, पेगाससले त्यो सन्देशलाई गोपनीय भाषामा अनुवाद गर्नु अगाडि नै नियन्त्रककहाँ बुझिने भाषामै पुर्‍याउन सक्छ । यो तथ्य कार्पेस्की नामक एन्टी मालवेयर सर्भिसले पत्ता लगाएको हो । प्रयोगकर्ताको स्मार्टफोनको क्यामेरा र माइक्रोफोनलाई खबरै नदिई यो प्रयोगकर्ताविरुद्ध प्रयोग गर्न सकिने जनाइएको छ ।

बेलायती समाचार संस्था गार्जियनको वेबसाइटमा उल्लेख भएअनुसार विश्वभरिका मानवअधिकारवादी, पत्रकार, नेता, मन्त्री, प्रधानमन्त्री, शासक र शासकनजिकका नातेदार तथा अधिवक्ताहरु पेगाससको निसानामा परेका छन् । सरकारले नै आधिकारिक रुपमा इजरायली कम्पनी एनएसओबाट खरिद गरेको ह्याकिङ सफ्टवेयर पहिलोपटक फ्रान्सस्थित फरविडन स्टोरिज र एमनेस्टी इन्टरनेसनलले थाहा पाएका थिए ।

यी संस्थाले आफूले पाएको तथ्यांक पेगासस प्रोजेक्टको रुपमा गार्जियनसहित भारतको द वायरलगायत १६ वटा सञ्चारमाध्यमलाई बाँडेका थिए । यी सञ्चारमाध्यमले सामूहिक रुपमा अनुसन्धान गर्दा चुहावट भएको सो तथ्यांकमा सन् २०१६ देखि ‘क्लायन्ट’ले निगरानी राख्न चाहेको ५० हजार फोन नम्बर छ । यी फोन नम्बर ह्याक भए/नभएबारे स्पष्ट जानकारी नभए पनि ह्याक हुने प्रबल सम्भावना रहेको गार्जियनले जनाएको छ ।

एनएसओको कम्तीमा १० मुलुकहरु ग्राहक रहेका छन् । जसमा अजरवैजान, बहराइन, काजकिस्तान, मेक्सिको, मोरक्को, रुवान्डा, साउदी अरेबिया, हंगेरी, भारत र यूएई हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त कम्पनीले सैन्य जासुसीको लागि देशको सरकारलाई मात्र सफ्टवेयर बेच्ने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार