नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

  हिमाल समाचार
42 Shares

काठमाडाैँ- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ । बजारमा कारोबार रकम भने झण्डै ११ अर्ब ११ करोड ४१ लाख भएको छ ।

कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । आज कुल १ लाख १४ हजार ७७२ वटा कारोबार भएको छ ।

कुल १३ उपसमुहको कारोबार भएकोमा ५ उपसमुहको मात्र मूल्य बढेको छ । बिहीवार म्युचल फन्ड उपसमुह सबैभन्दा धेरै ५.२७ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै लक्ष्मि उन्नति कोषको मूल्य सबभन्दा धेरै १०.०४ प्रतिशतले बढ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार