ट्युनिसियाका राष्ट्रपतिले गरे संसद भङ्ग

  हिमाल समाचार
56 Shares

काठमाण्डाै- ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद पनि भङ्ग गरेका छन ।

ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उनले संसद भङ्ग गरेका हुन । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ ।

उनले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार