सोलुखुम्बुमा भालुको त्रास बढ्यो

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – भालुको आतङ्कले सोलुखुम्बुका स्थानीय त्रसित बनेका छन् । मकैले दाना हाल्न थालेसंगै संभावित भालुको आक्रमणबाट स्थानीय त्रसित बनेका हुन् ।

एक हप्तादेखी सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङ कात्तिकेका नागरिक भालु आतंकका कारण त्रसित बनेका छन् । उक्त क्षेत्रमा दुई वटा भालु दैनिक आउने र मकै खाने गरेसंगै सो क्षेत्रका नागरिक त्रसित बनेका हुन् ।

भालुले ७/८ घरधुरीको मकैबालीमा पुरै क्षति पु¥याएको स्थानीय टेक बहादुर मगरले बताउनुभयो । भालु घरको आगनसम्मै आउने गरेकाले साँझ ६÷७ बजे पछि घर बाहिर निस्कनै डरमर्दो भएको उहाको भनाई छ । उनीहरुले जोखिम र संभावित दुर्घटनाबारे जनप्रतिनिधिलाई जानकारी गराईसकेका छन् ।

भालुले बर्षेनी मकै बालीमा क्षति पु¥याउदै आएको छ भने आधादर्जन बढि स्थानीय भालुको आक्रमणमा पर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार