थप ३,८४० जनामा जनामा कोरोना पुष्टि

  हिमाल समाचार
56 Shares

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो।दुवै विधिबाट कुल १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हो।यस्तै गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु आवश्यक रहेको डा अधिकारीको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार