अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसले लिए संन्यास

  हिमाल समाचार  209 पटक हेरिएको

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् । पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय खेलबाट पनि सन्यास लिने घोषणा गरेका हुन् ।

करीब दुई वर्षअघि पारसले कप्तानबाट राजीनामा दिंदा समेत त्यस्तै भएको थियो । तर उनले खेलाडीको रुपमा निरन्तरता दिएका थिए । २८ असोज २०७६ मा कप्तानबाट पारसले राजीनामा दिएका थिए ।

सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप हुँदै एकदिवसीय मान्यता प्राप्त गर्ने राष्ट्र बनाउन उनले कप्तानीको महत्वपूर्ण भूमिका खेलेका छन् ।

अब क्रिकेट संघतिर जाने संकेत गरेका छन् । क्रिकेट संघको निर्वाचन २०८० मा हुनेछ, तर संघको विधानमा चुनावमा जान खेलाडीले दुई वर्ष क्रिकेट छाडेको हुनुपर्ने व्यवस्था छ । सन्यास लिँदा पारसले यो समय पनि मिलाएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार