साउनमै दुधकुण्ड जाने तिर्थयात्री बढे

सोलुखुम्बु – पर्यटकिय तथा धार्मिक स्थल दुधकुण्डमा तिर्थयात्री बढेको छन् ।

विशेषगरी जनैपुर्णिमाको अवसरमा मेला लाग्ने र सोहि मेलामा तिर्थालु जाने भएपनि जनै पुर्णिमा आउनु भन्दा महिना दिन अघि देखिनै तिर्थयात्री दुधकुण्ड गईरहेका छन् ।

यो वर्षको श्रावण महिनामा भगवान शिवको दर्शन गर्न उत्तम रहेकाले पनि साउनको पहिलो हप्ता देखि नै आन्तरिक तिर्थयात्रीको मोह बढेको हो । हिन्दु, बौद्ध र किराँतहरुको त्रि–धार्मिक आस्थाको रुपमा दुधकुण्ड जाने मार्गको विभिन्न स्थानमा बेसिजनमा पनि आवासका लागि गोठ तथा होटलहरु स्थापना भएपछि सजिलैसँग मानिसहरु दुधकुण्ड जान थालेका हुन् ।

साउन महिना लागे देखिनै दिनहुँ १० देखि १२ जनासम्म तिर्थयात्री दुधकुण्ड जाने गरेको स्थानिय व्यवसायि समेत रहनुभएका दावा शेर्पाले बताए । अहिले नै विभिन्न स्थानमा अस्थायी गोठ तथा होटलहरु खुलेको हुदा वर्षा ऋतुको समयमा सहज रहेको कारण पनि चहलपहल बढि भएको बताए । स

हस्र बेनिमा यसै बर्षबाट अस्थायी होटल सन्चालन गर्दै आएका शेर्पाले यस भन्दा अघि यो सिजनमा तिर्थ यात्री नआउने भएपनि अहिले क्रमश संख्यामा बृद्धि भएको उनले बताए । रेडक्रस सोलुका उपमन्त्री तथा दुधकुण्डको पर्यटन प्रर्वद्धन अभियान्ता सुरेश खड्काले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउनका लागि तिर्थयात्री सिजन अगावै आउनु सकारात्मक भएको बताए ।

तस्वीर सुरेश खड्का

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार