मणिराजको गीतमा पुष्प र रियाशाको ठुम्का (भिडियो)

  हिमाल समाचार  269 पटक हेरिएको

काठमाण्डौँ – गीतकार मणिराज बस्नेतको गीत ‘गुलेली मट्याङग्रा’मा पुष्प खड्का र रियाशा दाहालले ठुम्का मारेका छन् ।

अन्जु पन्त र राम कुमार नेपालीको स्वरमा रेकर्ड गीतलाई गीतकार बस्नेतले मणि इन्टरटेन्टमेन्टबाट आईतबार सार्वजनिक गरेका हुन् ।

बस्नेतको गीतमा गायक संगीतकार राम कुमार नेपालीले संगीत दिएका छन् । रोमान्टिक धारमा बनेको गीतमा मौलिक शब्द संयोजन गरिएको छ ।

गीतका प्रोडुसर मेनुका बस्नेत हुन् भने संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् ।

भिडियोमा निर्देशक निकेश खड्काले पुष्प र रियाशालाई नचाएका छन् । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियो विकास धमलाले सम्पादन गरेका छन् ।

गीतकार र प्रोडुसर बस्नेतद्धय लामो समय देखि अमेरिकामा छन् । उनीहरुले परदेशबाटै नेपाली गीत संगीतलाई निरन्तरता दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार