फीफा वरीयतामा नेपाल १६८ औं स्थानमा

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालको १६८ औं स्थानमा पुगेको छ ।

यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ। विश्व वरीयतामा नेपाल सबैभन्दा माथि १२४ औं स्थानसम्म पुगेको छ भने पछाडि १९६ औं स्थानसम्म पुगेको छ।

पछिल्लो समय नेपालले थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरु खेलेको थियो।

विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। एशियाका शीर्ष तीन जापान, इरान र अस्ट्रेलिया विश्ववरीयामा क्रमश २४, २६ र २८ औं स्थानमा छन्।

दक्षिण एसियामा भारत १०५ औं स्थानमा, अफगानिस्तान १५३ औं स्थान र माल्दिभ्स १५८ औं स्थानमा रहँदै नेपाल भन्दा अघि छन्। त्यस्तै भुटान १८७ औं स्थानमा रहँदा बंगलादेश १८८ र पाकिस्तान १९८ र श्रीलंका २०५ औं स्थानमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार