उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौंमा

  हिमाल समाचार
0 Shares

काठमाडौं- अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उनीहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताए ।
उनीहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौ ल्याइएको हो ।

जजिरा एअरलाइन्सबाट बिहान १०ः१५ बजे उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।

उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछि घर पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार