भदौ २० बाट नेचासल्यान २ का विद्यालय खुल्ने

  हिमाल समाचार
343 Shares

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका २ सल्यान भित्रका विद्यालय भदौ २० गते आईतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

नेचासल्यान गाउँपालिका वडा नम्बर २ शिक्षा समितिको बैठकले भदौ २० बाट स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

विद्यार्थीको भौतिक उपस्थितीमा वडा भित्रका सवै विद्यालयमा आईतबारबाट पठनपाठन गर्न वडाले आग्रह गरेको छ ।

कोरोना संक्रमित अभिभावक तथा विद्यार्थीले आफ्नो घर परिवारमा भएको संक्रमणको जानकारी विद्यालयमा गराई बैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलापमा सहभागि हुन आग्रह गरिएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार