सोलुदुधकुण्डमा आईतबारबाट विद्यालय खुल्ने

  हिमाल समाचार  321 पटक हेरिएको

सोलुखुम्बु – जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डले भदौ २० देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार मेयर नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले भदौ २० गते आईतबार बाट विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।

तोकिएका स्वास्थ्य मापदण्ड पुरा गरि कक्षा सञ्चालन गर्नका लागि विद्यालयलाई नगरपालिकाले आग्रह गरेको छ ।

विद्यार्थीको संख्याका आधारमा सिफ्ट मिलाएर तथा समय निर्धारण गरेर शिक्षक तथा विद्यार्थीको उपस्थितीमा कक्षा सञ्चालन आग्रह गरिएको शिक्षा सुपरिवेक्षक गोपाल राज भुजेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार