भद्रगोल पार्किङमा ट्राफिक प्रहरी सोलुको एक्सन, एकै दिन १४ वटा सवारी कारबाही

  हिमाल समाचार
245 Shares

सोलुखुम्बु – सदरमुकाममा अव्यवस्थित पार्किङ गरेको गुनासो बढेपछि प्रहरीले सवारी कारबाहीलाई तिब्रता दिएको छ ।

सल्लेरीको आवाडाँडादेखि जेरोपोएन्टसम्म मुख्य सडक तथा बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनका चालकलाई प्रहरीले कारबाही गरेको हो ।

सडकको दाँया बायाँ पार्किङ गरिएका मोटरसाईकल तथा अन्य सवारी साधनले सडक साँघुरो बनाउँदा सवारी तथा मानिस आवतजावतमा समस्या हुने गरेको छ ।

यसलाई व्यवस्थित बनाउँन ट्राफिक प्रहरी लागि परेको हो । ट्राफिक प्रहरी र नगरप्रहरीले तिनकुनेदेखि जेरोपोेएन्टसम्म बिहिबार एकैदिन १४ वटा सवारी कारबाही गरेको छ । जसबाट ६ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार