घरेलु तथा साना उद्योग सोलुको ६० लाख भन्दा बढिको कार्यक्रम सार्वजनिक

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको ६० लाख भन्दा बढिको कार्यक्रम सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०७८–७९ का लागि ६० लाख ५० हजार बराबरको कार्यक्रम सार्वजनिक गरिएको कार्यालयमा प्रमुख मेघराज बस्नेतले जानकारी दिए ।

चालु आर्थिक वर्षमा उद्यमशिलता विकास तालिमका लागि ७ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ ।

युवा उद्यमशिलता तथा औद्योगिक जनशक्ति विकास कार्याक्रमका लागि ९ लाख, परम्परागत उद्यम प्रर्बद्धन कार्यक्रम ५ लाख, स्थापन्न उद्यमीहरुको लागि स्तरोन्नती कार्यक्रमका लागि ५ लाख, सीप विकास तथा रोजगार कार्यक्रमका लागि ३ लाख, कोभिड १९ प्रभावित समुदायलाई सीप विकास एवम् जनचेतनाका कार्यक्रम संंचालन प्रशिक्षणका लागि ७ लाख ५० हजार र एक जिल्ला एक उत्पादन कार्यक्रमका लागि १६ लाख रुपैया बजेट बिनियोन गरिएको घरेलु तथा साना उद्योगको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार