वाईसियल सोलुदुधकुण्डको गठन

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल (वाईसियल)को नगर कमिटी गठन गरिएको छ ।

सल्लेरीमा आयेजना गरिएको नगर कमिटी भेलाले जित कुमार राईको अध्यक्षतामा ३५ सदस्य नगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्याक्षमा निशा श्रेष्ठ, सचिवमा सोनाम शेर्पा, सहसचिवमा देविन श्रेष्ठ र कोषाध्याक्षमा देविका राईलाई चयन गरिएको वाईसिएलका प्रदेश कमिटी सदस्य रस्बिन मगरले जानकारी दिए ।

माओवादी केन्द्र सोलुखुम्बुका संयोजक गोम्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रदेश कमिटी सदस्य सागर किराँती, सोलुखुम्बुका कार्यलय सदस्य हिमाल गिरी, ङिमातेण्डुप शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार