कार्की गाउँपालिकाकै कान्छो सभापति

  हिमाल समाचार
483 Shares

सोलुखुम्बु – माप्यदूधकोशी गाउँपालिका ३ मा गाउँपालिकाभरिकै कान्छो सभापतिमा उजिर कार्की सर्वसम्मत चयन हुनुभएको छ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेसनका सन्दर्भमा सोलुखुम्बुमा अधिकांश वडामा क्षेत्रीय प्रतिनिधि तथा वडा कार्य समिति सहमतिमा चयन भएको सन्दर्भमा माप्यदूधकोशी गाउँपालिका सबै वडामा सहमतिमा सम्पन्न अधिवेसनमा यस वडाबाट ३० वर्षीय कार्की सभापति बन्नु भएको हो।

माप्यदूधकोशीको वडा नम्बर १ मा लामा दावा शेर्पा, २ मा लाल बहादुर मगर, ३ मा उजिर कार्की, ४ मा डिक्पा राई, ५ मा भई बहादुर राई र ७ मा प्रश्नबिर राई वडा सभापतिमा निर्वाचित हुनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार