सोलुदुधकुण्डको नगर सभापतिमा सोनाम ग्याल्जेनको उम्मेद्वारी घोषणा

  हिमाल समाचार  938 पटक हेरिएको

सोलुखुम्बु – सोलुदुधकुण्ड नेपाली काँग्रेसको जारी अधिबेशनमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा काँग्रेस युवा नेता सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी घोषणा गरेका छन् ।

हिमाल एफ.एम.मा अन्तर्वार्ताको क्रममा नगर कार्यपालिका सदस्य समेत रहेका शेर्पाले भाद्र २७ गते हुने पालिका स्तरीय अधिबेशनको लागि सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

आफु २० बर्ष पुरानो काँग्रेसको क्रियाशिल सदस्य रहेको र पार्टीको हरेक अभियानमा अग्रपंतिमा रहेर काम गरेको भन्दै शेर्पाले आफुसँग नगरको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेका बताए । पर्यटन ब्यवशाय र समाज सेवामा समेत संलग्न शेर्पाले नगर सभापतिमा आफुले जितेको खण्डमा कार्यालय ब्यवस्थापन देखि संगठन निर्माणसम्म स्पष्ट योजना बनाएको भन्दै आगामि निर्वाचनमा ११ वटै वडा र नगर प्रमुख र उपप्रमुख जिताएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

काँग्रेसमा प्रशिक्षण अभाव भएको भन्दै उनले आफ्नो पहिलो प्राथमिक्ता टोल टोलमा प्रशिक्षण कार्यक्रमहरु चलाउने र काँग्रेसमा युवा सहभागिता अभिबृद्धि गर्ने बताए । दुई धार रहेको सोलुखुम्बुको काँग्रेसमा आफु पुर्व पार्टी सभापति आङगेलु शेर्पाको समुहबाट चुनाव लड्ने भन्दै उक्त पदमा जितेको खण्डमा सबैलाई समेटेर लैजाने उनले बताए ।

यता पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी समुहबाट काँग्रेस नेता फुदोर्जी शेर्पा र मिङमार दोर्जी शेर्पाको दावेदारी छ । वडा नम्बर २ का वडा अध्यक्ष मिङमारदोर्जी शेर्पाले करिब १ महिना अगाडी मात्रै समुह परिर्वतन गरेका हुन् । नगरपालिका क्षेत्रलाई काँग्रेस नेता आङगेलु शेर्पाको पक्कड क्षेत्रको रुपमा हेरिने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार