सोलुदुधकुण्ड नगर सभापितमा दुई जनाको उम्मेद्वारी

  हिमाल समाचार  345 पटक हेरिएको

सोलुखुम्बु – नेपाली काँग्रेसको जारी अधिबेशनमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा दुई जनाको उम्मेद्वारी घोषणा भएको छ ।

काँग्रेस युवा नेता सोनाम ग्याल्जेन शेर्पाले विहीबार विहान उम्मेद्वारी घोषणा गरे लगत्तै दिउँसो अर्का नेता मिङमार दोर्जी शेर्पाले पनि घोषणा गरेका हुन् । काँग्रेस पुर्व पार्टी सभापति आङगेलु शेर्पाको समुहबाट नगर कार्यपालिका सदस्य समेत रहेका सोनाम ग्याल्जेन शेर्पा र पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी समुहबाट वडा नम्बर २ का अध्यक्ष मिङमारदोर्जी शेर्पाले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उम्मेदवार सोनाम ग्याल्जेन शेर्पाले आफु २० बर्ष पुरानो काँग्रेसको क्रियाशिल सदस्य रहेको र पार्टीको हरेक अभियानमा अग्रपंतिमा रहेर काम गरेको भन्दै शेर्पाले आफुसँग नगरको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेका बताए ।

पर्यटन व्यसाय र समाज सेवामा समेत संलग्न शेर्पाले नगर सभापतिमा आफुले जितेको खण्डमा कार्यालय ब्यवस्थापन देखि संगठन निर्माणसम्म स्पष्ट योजना बनाएको भन्दै आगामि निर्वाचनमा ११ वटै वडा र नगर प्रमुख र उप्रमुख जिताएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

काँग्रेसमा प्रशिक्षण अभाव भएको भन्दै उनले आफ्नो पहिलो प्राथमिक्ता टोल टोलमा प्रशिक्षण कार्यक्रमहरु चलाउने र काँग्रेसमा युवा सहभागिता अभिबृद्धि गर्ने बताए ।

काँग्रेस नेता केसी, जिल्ला सभापति विनोद बस्नेत, नेता प्रशास सिंह कार्की लगायतको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका नेता मिङमारदोर्जी शेर्पाले भने आफु पार्टीको संगठन सुदृढिकरण र नगरमा काँग्रेस बलियो पार्न निर्वाचनमा होमिएको प्रतिक्रिया दिएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष मिङमारदोर्जी शेर्पाले करिब १ महिना अगाडी मात्रै समुह परिर्वतन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार