सोलुखुम्बुमा कोरोनाको दैनिक संक्रमण शुन्य

  हिमाल समाचार  157 पटक हेरिएको

सोलुखुम्बु – कोरोनाको दैनिक सक्रंमण दर शुन्य भएको छ ।

सोलुखुम्बुमा केही दिन यता कोरोना संक्रमण शुन्य रहेको पाईएको हो । जिल्लामा शंकास्पद लक्षण देखिएका व्यक्तिमा कोरोना परिक्षण भईरहेको भएपनि भदौ २४, २६ र २७ गते जिल्लामा कोरोना संक्रमण शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज मात्रै ३२ जनामा गरिएको एन्टिजेन परिक्षणमा कसैलाई पनि कोरोना संक्रमण नभएको पाईएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा हाल सम्म २ हजार २४ जना कोरोना संक्रमति हुँदा संक्रमित मध्ये १ हजार ९३९ जना उपचार पछि निको भएका छन् । हाल जिल्लामा ३० जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार