पर्यटकलाई अनिवार्य क्वारेन्टिनको ब्यवस्था हटाउन चार मजदुर संगठनको माग

  हिमाल समाचार
847 Shares

सोलुखुम्बु – नेपालमा विदेशबाट आउने पर्यटककमा लागि अनिवार्य गरिएको क्वारेण्टिनको ब्यवस्था हटाउन विभिन्न पर्यटन मजदुर संगठनले माग गरेका छन् ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिवलाई माग २ बुँदे माग पत्र पेश गर्दै कोभिडका कारण विगत २ बर्षदेखि थलिएको पर्यटन ब्यवशाय र बेरोजगार मज्दुरहरुको समेत समस्यालाई मध्यनजर गर्दै कोभिड भ्याक्सिन लगाईसकेकाहरुको लागि अनिवार्य क्वारेण्टिनमा बस्नु पर्ने बाध्यकारी नियम हटाउन माग गरेको हो ।

विश्वका अधिकांश देशले क्वारेण्टिनको ब्यवस्था हटाईसकेका ले नेपालमा पर्यटन उद्योगलाई चलायमान बनाउन उक्त ब्यवस्था हटाउन माग गरिएको हो । त्यस्तै पर्यटकहरुको स्वास्थ्य सुरक्षाका लागि एक पर्यटक एक श्रमिकको ब्यवस्था गर्न माग गरिएको छ ।

जसका कारण स्वयं पर्यटकले पनि सुरक्षित महशुस गर्ने र पर्यटन मजदुरले पनि रोजगार पाउने आशा गरिएको हो । माग पत्र बुझाउनेहरुमा अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल, नेपाल समाजबादि पर्यटन मजदुर संघ र पर्यटन हातेमालो समाज नेपाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार