भद्रगोल पार्किङ व्यवस्थित बन्दै

  हिमाल समाचार
511 Shares

सोलुखुम्बु – ट्राफिक प्रहरीले भद्रगोल पार्किङ गर्नेलाई कारबाही गर्न थालेपछि सल्लेरी क्षेत्रमा सडक व्यवस्थित बन्दै गएको छ ।

सडकको छेउछाउ पार्किङ गरिएका सवारी साधनले मानिस तथा सवारी आवत जावतमा समस्या भएको विषयमा हिमाल एफ.एमले समाचार प्रसारण तथा प्रकाशन गरेको थियो । ट्राफिक प्रहरीले सक्रियता बढाई दैनिक कडाई गरेपछि व्यवस्थित बन्दै गएको हो ।

ट्राफिक प्रहरीले आज अव्यवस्थित पार्किङ गरेका ७ सवारीबाट ५ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए । सडकमा मानिसले सवारी पार्किङ गर्ने क्रम घट्दै गएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार