गायिका रेबिना राईको ‘मुस्कान’ सार्वजनिक (भिडियो)

  हिमाल समाचार
224 Shares

काठमाण्डौँ – नवगायिका रेबिना राईले ‘मुस्कान’ बोलको गित लिएर संगीत बजारमा प्रस्तुत भएकी छिन् । मृदुल आङबोको गीत, पारस मुकारुङको संगीतमा तयार भएको गीतमा गायिका राईको एकल स्वर रेकर्ड गरिएको छ ।

गीतमा सबिन लिम्बुले एरेन्ज गरेका छन् भने गीतलाई मिन बिष्टले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतको लिप्सिङ भिडियोको छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको हो । मलेसियामा कार्यरत झापाका लोकेन्द्र गुरुङ र कुबेतमा कार्यरत संखुवासभाका सस्जिला लिम्बु गीतका निर्माता हुन् ।

क्षमतावान् कलाकारलाई अघि बढाउन निर्माणको भूमिका निर्वाह गरेको निर्माताद्धयले बताए । आगामी दिनमा पनि नयाँ प्रतिभालाई सहयोग गर्ने उनीहरुले बताए । गीत रिलिजपछि गायिका रेबिना राईले यो गितलाई सुनेर प्रतिक्रिया दिन आगह्र गरे । आगामी दिन सक्रिय रुपमा नेपाली संगीतमा लाग्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार