उज्यालो बन्दै महाकुलुङ, सामुदायिक ग्रामिण विद्युतिकरण विभागसँग सम्झौता

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ग्रामिण विद्युतिकरणका लागि सामुदायिक ग्रामिण विद्युतिकरण विभागसँग सम्झौता गरिएको छ ।

सामुदायिक ग्रामिण विद्युतिकरण विभाग, गाउँपालिका र जिआईजेटको गरि जम्मा करिब १५ करोडको लागतमा हुने विद्युतिकरणका लागि गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष सागर किराँती र विभागका तर्फबाट निर्देशक अनिरूद्र प्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाका ५ वटै वडामा विद्युतिकरणका लागि सम्झौता गरिएको हो । महाकुलुङ सम्मका लागि १६ थान ट्रान्सफर्मर प्रयोग हुने छन् । जसमा १ सय केभिए ७ थान, ५० केभिए १ थान, २५ केभिए ७ थान ट्रान्सफर्मर प्रयोग गरिने छ । त्यस्तै, स्टील ट्युबलर ११ मिटरको ९६२ थान र ८ मिटरको १३ सय ६६ थान प्रयोग गरिने सम्झौता–पत्रमा उल्लेख छ ।

विद्युतिकरणका लागि चाडै टेण्डर आब्हान हुने महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । उज्यालो गाउँपालिका बनाउने उदेश्यलाई पुर्णता दिलाउनका लागि सम्झौताले मद्यत पु¥याएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार