काँगेलमा काङ्ग्रेसको भेला

  हिमाल समाचार
385 Shares

सोलुखुम्बु – नेपाली काङ्ग्रेस सोलुखुम्बुका पुर्व पार्टी सभापति तथा काङ्ग्रेस युवा नेता आङगेलु शेर्पाले अबको जिल्ला अधिबेशनलाई काङ्ग्रेसलाई रुपान्तरण गरेर जनप्रिय पार्टी बनाउन सदुपयोग गरिनु पर्ने बताए ।

चौधौँ महाधिबेशनको सन्दर्भमा थुलुङ दुधकोशी गाउँपालिकाको काँगेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा काङ्ग्रेस नेता शेर्पाले पार्टीलाई संगठन सुदृढ गर्न सक्ने वैचारिक नेतृत्व आवश्यक रहेको बताए ।

वडा सभापति भिमबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङ्ग्रेसको राज्य प्रशासन विभागका केन्द्रिय सदस्य तथा प्रदेश सभा ‘क’ का सभापतिका उम्मेद्धार रोशन थुलुङ, स्थानीय तह समन्वय विभागका सदस्य गणेश बस्नेत, महाधिबेशन प्रतिनिधि सरला नाछिरिङ, काङ्ग्रेस प्रचार विभाग प्रमुख नविन थापा, काङ्ग्रेस नेता कान्तिराज थुलुङ लगायतले आ–आफ्नो धारणा राखेको नेविसंघ उपाध्यक्ष नविन बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार