गौतम सागरको ‘दशैँ आयो, तिहार आयो’सार्वजनिक (भिडियो)

  हिमाल समाचार  349 पटक हेरिएको

काठमाण्डौँ – तिज सकिएपछि मौसमले होस् या गीत संगीतले दशैँ तिहार आएको आभास दिलाउछ । अहिले कलाकर्मीहरुले चाडपर्व विशेष गीत धमाधम सार्वजनिक गरिरहेका छन् ।

यसैक्रममा अमेरिकाको कोलोराडोमा बस्दै आएका सोलुखुम्बु सोताङका गौतम सागर राईले चाडपर्व विशेष गीत ‘दशैँ आयो, तिहार आयो’सार्वजनिक गरेका छन् । राईको व्यक्तिगत यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत प्रस्तुतकर्ता उनले गरेका छन् ।

गीतमा सुदिता राई स्वरबद्ध गरेकी छिन् । गायिका राई ‘दी भ्वाइस अफ थ्री’की प्रतिस्प्रर्धी हुन् । गीतमा संगीत संयोजन मनोज साङसन राईले गरेका छन् । किङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका हुन् । लिप्सिङ भिडियो जस्केलो क्रियशनले गरेको हो ।

गीतमा चाडपर्व आएपछि घरदेशीले परदेशीको याद गरेको विषयलाई मिठासपुर्वक प्रस्तुत गरिएको छ । जुन गीत सुन्दा चाडपर्व आएको र घरदेशी परदेशीको पर्खाइमा रहेको मिठो आभास दिलाउनेछ । गीतकार तथा संगीतकार राईले यसअघि ‘परदेशीको याद’, ‘सीमापारी’, ‘नौलो परदेशी’बोलको गीत ल्याइसकेका छन् ।

एकपछि अर्को परदेशी र परदेशको कथालाई समाबेश गरेर गीत बनाउनुले गौतम सागरलाई उनका शुभचिन्तकले ‘परदेशी सर्जक’को उपमा समेत दिन थालेका छन् ।

दशैँ आयो, तिहार आयो
परदेशी आउने कहिले
गाउँघरमा सोध्छन् सबै
आफन्तहरुले

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार