रावाबेँसी गाँउपालिका अध्यक्षको कोमल मन, विद्यार्थीलाई गरे आर्थिक सहयोग

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – खोटाङको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले आमा विहीन बनेका विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

संविधान दिवसको अवसरमा रावाबेँसी गाउँपालिका ६ हौचुर राईसीङ्गे स्थित महादेव फलफूल तथा तरकारी कृषि समुहको आयोजनामा स्थानीय सरकार र सर्बसाधारन कृषकहरु बिच कृषि उत्थान अन्तरक्रियाको अवसरमा पालिका अध्यक्ष निरौलाले अति बिपन्न परिवारको छात्रा प्रतिमा राई र उनकी बैनीलाई शैक्षिक सामग्रीखरिदका लागि ५ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।

साथै, कृषकहरुको माग अनुसार कृषि सहयोग गर्ने अध्यक्ष निरौलाले प्रतिबद्धता व्यक्त गरे । राईसिंहेमा स्वास्थ्यसेवा लिन अपायक भएकोले जनताको मागअनुसार स्वास्थ्य किल्निक भबन निर्माण लागि गाउँपालिकाले (दुई दिने गाउँपालिका अध्यक्षले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, कृषिशाखा प्रमुख मुगाधन राई, विभिन्न पार्टीको प्रतिनिधि, शारदा मा. वि. हौचुरको प्र.अ. हर्कबहादुर कार्की विभिन्न कृषि समुह अध्यक्ष लगायतको उपस्थिती रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।


यसैबीच
, रावाबेँसी गाउँपालिकामा १० बेडको अस्पताल बन्ने भएको छ । रावाबेँसी गाउँपालिका २ खार्पामा १० बेडेको अस्पतालको काम आजबाट सुरु गरिएको अध्यक्ष निरौलाले हिमाल एफ.एमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार