नेराकसं विश्वविद्यालय राष्ट्रिय समितिको अधिवेशन पौष १६ गते हुने

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु – नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको अधिवेशन पुष १६ गते हुने भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको भर्चुअल बैठकले राष्ट्रिय समितिको बहुप्रतिक्षित अधिवेशन आगामी २०७८ पौष १६ गते भब्य रुपमा काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

त्यसै गरी सबै विश्वविद्यालय र प्रतिष्ठानहरुको केन्द्रीय समितिको सम्मेलन पौष १० गतेभित्र अनिवार्य सम्पन्न गर्ने निर्णय समेत गरेको महासचिव लोकेन्द्र आर. सी.ले जानकारी दिए ।

बैठकले एक कार्यालय एक इकाई गठन, २०७८ मंसीर मसान्तसम्ममा मुखपत्र प्रकाशन, संघीय संरचना अनुसारको विधान मस्यौदा गर्ने, दशैतिहार शुभकामना आदानप्रदानका साथमा वैचारिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने र राष्ट्रिय समितिमा मध्यपश्चिम विश्वविद्यालयबाट अजित बौंडेल र खुल्ला विश्वविद्यालयबाट देबेन्द्र कटुवाललाई थप गर्ने निर्णय समेत गरिएको महासचिव आर.सी.ले बताए ।

बैठकमा कर्मचारी संगठनलाई जागिरेहरुको संस्था मात्रै नबनाएर बैचारिक र पेशागत हकहितको संगठनको रुपमा अगाडी बनाउनुपर्ने महासंघका सहसंयोजक मणिरत्न श्रेष्ठले बताए ।

भर्चुअल बैठक कर्मचारी महासंघका सहसह–संयोजक मणिरत्न श्रेष्ठको प्रमुख आतिथ्यतामा र समितिका अध्यक्ष दीपक तिवारीको अध्यक्षतामा असोज २ गते शनिवार सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार