सोलु प्रदेश ‘क’ काङ्ग्रेस सभापतिमा रोशन बाबु र धनजन भिड्दै

  हिमाल समाचार
560 Shares

सोलुखुम्बु – सोलुखुम्बु प्रदेश ‘क’ को नेपाली काङ्ग्रेसको सभापति पदमा दुई नेताले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बुको प्रदेश ‘क’ क्षेत्रिय सभापतिका लागि काङग्रेस नेताद्धय रोशन बाबु थुलुङ र धनजन राईले उम्मेद्धारी घोषणा गरेका छन् ।

नेता थुलुङ २०४६ सालको जनआन्दोलन देखि नै नेपाली काङ्ग्रेसको राजनितीमा सक्रिय छन् । काङग्रेसको राज्य प्रशासन विभागका केन्द्रीय सदस्य समेत रहेका थुलुङले विद्यार्थी राजनिती देखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

काङ्ग्रेसको सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिको महासचिवको जिम्मेवारी सम्हालिसकेका उनी सामाजिक संस्था नेले विकास समाजको अध्यक्ष समेत बनिसकेका छन् । थुलुङ दुधकोशी गाउँपालिका १ नेले स्थित जीवनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्य समेत बनेका उनी निरन्तर राजनिती र समाज सेवामा निरन्तर सक्रिय छन् ।

क्षेत्रिय सभापतिका अर्का उम्मेदवार राई २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनितीमा सक्रिय छन् । नेचासल्यान १ मा जन्मेका उनी २०४९ सालमा साविकको सल्यान गाविसमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

२०५४ सालमा सल्यान गाविसमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भए । उनी २०५५ सालमा कांग्रेस सल्यान गाउँ पार्टीको सभापति भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार