कांग्रेस सोलुको पालिका अधिबेशनमा शिक्षक संघले मतदान अधिकृत नखटाउने

  हिमाल समाचार
812 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको अब हुने पालिका तथा उपल्लो तहको निर्वाचनमा नेपाल शिक्षक संघले शिक्षकहरुलाई मतदान अधिकृत नखटाउने भएको छ ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिबेशनबाट प्रतिनिधि भएर आएका शिक्षकहरुलाई पार्टी नेताहरुकै अगुवाई गाली गलौज तथा मुद्दा मामिला गर्ने घृणित कार्य भएको भन्दै पार्टीका अधिबेशनमा शिक्षकलाई मतदान अधिकृत नखटाउने बताए ।

शिक्षकहरु राजनैतिक दलको कार्यकारी पदमा रहन नपाउने भए पनि क्षेत्रीय प्रतिनिधि कुनै कार्यकारी पद नभएकाले अन्य जिल्लामा पनि सयौँको संख्यामा शिक्षकहरु क्षेत्रीय प्रतिनिधि बनेर आए पनि सोलुखुम्बुमा पार्टीकै नेताहरु अदालत गुहार्न जानु दुखद भएको शिक्षक संघको ठहर छ ।

यसअघि वडा अधिबेशनबाट प्रतिनिधिको रुपमा चुनिएका शिक्षकहरुको उक्त जिम्मेवारी खारेजीको माग गर्दै कांग्रेस नेता बलबहादुर केसी निकटका नेताहरुले अदालतमा रिट नै दायर गरेका थिए । सोलुदुधकुण्ड नगरपालिकाका ५ जना शिक्षक तथा कर्मचारीलाई निर्वाचनमा भाग नलिनु भन्ने आशयको आदेश अदालतले दिएपछि शिक्षक संघ पार्टी प्रति आक्रोशित बनेको हो ।

शिक्षक संघले मतदान अधिकृत नखटाउने भए सँगै मतदान अधिकृतको विकल्पको खोजि भईरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार