खुम्बुका २९ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया

  हिमाल समाचार
406 Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ४ स्थित खुन्दे अस्पतालमा यहि शुक्रबार र शनिबार संचालन गरिएको शिविरमा २९ जनाको मातिबिन्दु निशुल्क शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान, खुन्दे अस्पताल, हिमालयन ट्रष्ट नेपाल र खुम्बु पासाङल्हामु गाँउपालिकाको संयुक्त आयोजना र हिमालयन मोतिबिन्दु परियोजनाको बिशेष सहयोगमा सम्पन्न शिविरमा ११ पुरुष र १८ महिलाको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो ।

शिविरमा दुई जनाको दुवै आँखाको शल्यक्रिया गरिएको जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डाक्टर रिता गुरुङ, कार्यक्रम निर्देशक नविन कुमार राईको समेत उपस्थिति रहेको थियो ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा गत असोज १ गते देखि ८ गते सम्म संचालन भएको आँखा शिविरमा गरिएको खुम्बु क्षेत्रका ९२७ जनाको आँखा परीक्षणबाट २९ जना शल्यक्रियाका लागि छनौट गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार