तीन पालिकामा सोलु कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, चार पालिकामा निर्वाचन

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत आज देखि शुरु सोलुखुम्बुको पालिका अबिधेशनमा सोलुखुम्बुको तीन स्थानीय तहमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका,सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा कांग्रेसले सहमतिबाटै पालिका स्तरिय नेतृत्व चयन गरेको हो । खुम्बु पासाङल्हामूमा चुङबा शेर्पा, सोताङमा कृष्ण कार्की र महाकुलुङमा बल कुमार राई पालिका सभापतिमा चयन भएको कांग्रेस नेता बाल कुमार कार्कीले जानकारी दिए ।

माप्य दुधकोशी गाउँपालिकामा अबिधेशन भोली सम्मको लागि स्थगित गरिएको सहकर्मी ललित कार्कीले जानकारी दिए । अन्य चार पालिकामा निर्वाचनको प्रक्रिया अघि बढेको छ ।

लिखुपिकेमा सुरज बस्नेत र मिना कार्की, थुलुङ दुधकोशीमा बल बहादुर बस्नेत र भक्त गुरुङ, नेचासल्यानमा निर कुमार शर्मा कट्टेल र निर कुमार शर्मा सभापतिको दौडमा छन् । यता, सोलुदुधकुण्ड नगरपालिकामा सोनाम ग्याल्जेन शेर्पा र मिंमार दोर्जी शेर्पा बिच प्रतिस्प्रर्धा हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार