आङगेलु निकट मानिएका सुरज लिखुपिके कांग्रेस सभापतिमा बिजयी

  हिमाल समाचार
784 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको सभापतिमा सुरज बस्नेत निर्बाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अधिबेशनमा भएको निर्वाचनबाट सभापतिमा बस्नेत विजयी बनेका हुन् । सुरजले प्रतिद्वन्द्वी मिना कार्कीलाई १६ मतले पछि पार्दै सभापतिमा निर्वाचित बनेका हुन् । सुरजले ५५ मत पाउदा मिनाले ३९ मत मात्र प्राप्त गरेकी थिइन् । ९४ मत खसेको थियो ।

निर्वाचित सभापति पुर्व पार्टी सभापति आङगेलु शेर्पा निकट मानिन्छन् भने प्रतिद्वन्द्वी कार्की कांग्रेस नेता बल बहादुर केसी निकट मानिन्छन् । उपसभापतिमा दुर्गा बहादुर बस्नेत र नारायण बहादुर बस्नेत, सचिवमा भिमसेन बस्नेत र अम्बर बहादुर बस्नेत भने निर्विरोध चयन भएका छन् । यसअघि कांग्रेस नेता शेर्पा निकटकै चुङवा शेर्पा खुम्बु पासाङल्हामू गाउँपालिकाको सभापतिमा सर्वसम्मत भयन भएका थिए ।

सोताङमा कृष्ण कार्की र महाकुलुङमा बल कुमार राई पनि पालिका सभापतिमा चयन भइसकेका छन् । उनीहरु पनि नेता शेर्पा निकट रहेका छन् ।

उता, थुलुङ दुधकोशीमा बल बहादुर बस्नेत र भक्त गुरुङ, नेचासल्यानमा निर कुमार शर्मा कट्टेल र निर कुमार शर्मा सभापतिको दौडमा छन् । यता, सोलुदुधकुण्ड नगरपालिकामा सोनाम ग्याल्जेन शेर्पा र मिंमार दोर्जी शेर्पा बिच प्रतिस्प्रर्धा हुदैछ ।

माप्य दुधकोशीमा भने सहमतिको प्रयास भइरहेको र भोली सम्मको लागि अधिवेशन स्थगित गरिएको सहकर्मी ललित कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार