रिड नेपालले थाल्यो स्वास्थ्य सामाग्री वितरण

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – रिड नेपालले जिल्लामा आफ्ना कार्यक्रम लागुु भएका सोलुखुम्बुका विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ ।

जिल्लाका विभिन्न स्थानिय तहका १ सय वटा आधारभुत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई कोरोना महामारीबाट बचाउनका लागि स्वास्थ्य सामाग्री वितरण भईरहेको हो ।

कोरोना कहरका कारण विद्यालय बन्द हुँदा रेडियोबाट सिकाई कार्यक्रम सञ्चालन गरि विद्यार्थीको सिकाईलाई निरन्तरता दिएको रिड नेपालले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितीमा नै पठनपाठन हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि मास्क,सेनिटाईजर र साबुन वितरण गरिरहेको हो ।

रिड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जिल्लामा विद्यार्थी संख्याका आधारमा मास्क र सेनिटाईजर वितरण भईरहेको बताए ।

सैबीच, रेडियोबाट सिकाई सहजिकरणका लागि अभ्यास पुस्तक समेत वितरण गरेको छ ।
कार्याक्रम लागु भएका विद्यालयका विद्यार्थीलाई रेडियोबाट सिकाई कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वितरण गरिएको हो ।

जिल्लाका अधिकांस स्थानिय तहका विद्यालयमा भौतिक रुपमा नै पठनपाठन भईरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार