माप्य दुधकोशी कांग्रेस सभापतिमा नविन कार्की निर्विरोध

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु – माप्य दुधकोशी गाउँपालिकाको कांग्रेस सभापतिमा नविन कार्की निर्विरोध चयन भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत आज सम्पन्न पालिका अधिवेशनले कार्कीलाई निर्विरोध पालिका सभापतिमा चयन गरेको हो ।

समितिको उप–सभापतिमा आङकाजि शेर्पा र दिनेश राई, सचिवमा तेजनारायण मगर र अविरल तामाङ, सह–सचिवमा मिङमार शेर्पा र भिम कामी, कोषाध्यक्षमा आशवरी राईलाई निर्विरोध चयन गरिएको सहकर्मी ललित कार्कीले जानकारी दिए ।

यसअघि सोलुदुधकुण्ड नगरपालिका बाहेकका स्थानीय तहमा सहमति र निर्वाचनको माध्यमबाट अधिबेशन सम्पन्न गरिएको छ । नेचासल्यान र लिखुपिकेमा निर्वाचनबाट नेतृत्व टुंगो लगाइएको छ । लिखुपिकेमा शेर्पा निकटका सुरज बस्नेत र नेचासल्यानमा केसी निकटका निर कुमार शर्मा विजयी बनेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकामा भक्त बहादुर गुरुङ सभापतिमा निर्वाचित बनेका छन् । उनी नेता केसी पक्षधर मानिन्छन् । खुम्बु पासाङल्हामूमा चुङबा शेर्पा, सोताङमा कृष्ण कार्की र महाकुलुङमा बल कुमार कुलुङ सर्वसम्मत सभापति बनेका छन् । तीनै सभापति शेर्पा निकट मानिन्छन् ।

सोलुदुधकुण्डमा भने मत गणना भइरहेको छ । जहाँ सभापतिका लागि शेर्पा समूहबाट सोनाम ग्याल्जेन शेर्पा र केसी समूहबाट मिङमार दोर्जी शेर्पा चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार