सोलुदुधकुण्ड नगर समितिमा आङगेलु समर्थित सोनाम ग्याल्जेनको प्यानल भारी मतले विजयी

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु- सोलुखुम्बुको नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा भारी मत अन्तरले सोनाम ग्याल्जेन शेर्पासहित सबै प्यानल बिजयी भएको छ।

पार्टीको १४ औं महाधिवेशनका क्रममा भएको नगरअधिबेशनले शेर्पालाई सभापतिमा निर्बाचित गरेको हो। मतदानमा खसेको कुल १८० मत मध्ये शेर्पाले १०१ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी मिङमार शेर्पाले ६६ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ ।
खसेको मध्ये १३ मत बदर भएको थियो।

उपसभापतिमा सरीता राईले १०६ र ङवाङ फुरी शेर्पाले १०४, नगर सचिवमा दावा शेर्पाले ९९ र अष्ट बहादुर तामाङले ९२ मत ल्याएर बिजयी बनेका छन् । नगर सहसचिवमा कान्छा बहादुर विकले १०३ र भिमबहादुर कार्कीले ९७ मत ल्याएर जितका हुन् ।

नगर सभापतिमा निर्बाचित शेर्पा पूर्ब कांग्रेस जिल्ला सभापति आङगेलु शेर्पा र मिङमार पूर्बमन्त्री बलबहादुर केसी समूहका हुन्। दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। यस निर्बाचनलाई दुबै समूहले प्रतिष्ठाको बिषय बनाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार