प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

  हिमाल समाचार  149 पटक हेरिएको

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ ।

१ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोराना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार