माओबादी केन्द्रको महाकुलुङ–काठमाण्डौँ सम्पर्क मञ्च गठन

  हिमाल समाचार
567 Shares

सोलुखुम्बु – माओबादी केन्द्रको महाकुलुङ–काठमाण्डौँ सम्पर्क मञ्च गठन गरिएको छ । महाकुलुङ–काठमाण्डौँ सम्पर्क मञ्चको आयोजनामा काठमाण्डौँमा आयोजित प्रथम सम्मेलनबाट उत्तम कुलुङको अध्यक्षतामा ३३ सदस्सीय सम्पर्क मञ्च गठन गरिएको हो ।

नवगठित मञ्चको उपाध्यक्षमा फूलमाया कुलुङ र टंकराम कुलुङ, सचिवमा रिपन कुलुङ, सह–सचिवमा प्रमिश कुलुङ, कोषाध्यक्षमा मानजंग कुलुङ, सह–कोषाध्यक्षमा धावक जनक कुलुङ सहित सदस्यहरु सर्वसम्मत चयन गरिएको मञ्चका निर्वतमान अध्यक्ष अजय अलंकारले जानकारी दिए ।

कार्यकर्ता प्रशिक्षण समेत गरिएको कार्यक्रममा अर्थमन्त्री जर्नादन शर्मा, प्रतिनिधि सभा सदस्य सुदन किराँती, प्रदेश नं १ सम्पर्क मञ्चका इन्चार्ज शिव बहादुर बस्नेत ‘इन्चार्ज’, जिल्ला समन्वय समिति सोलुका सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार