बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धकाे मुद्दामा बहस सकियो

  हिमाल समाचार
42 Shares

काठमाण्डाै – काठमाण्डौको बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाकाे फैसला आउँदो कात्तिक १५ गते हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा आज साेमवार बहस सकिएपछि आउँदाे कात्तिक १५ गते फैसला हुने मिति तोकिएको हो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले ललिता निवासको जग्गा नामसारीका लागि गरेका निर्णयका आधारमा मुद्दा चलाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।

ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन मन्त्री विजयकुमार गच्छदारसहितका नेता र अन्य व्यक्तिहरूविरुद्ध पनि मुद्दा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार