सोलुमा सुविधा सम्पन्न सभा हल निर्माण गरिने

  हिमाल समाचार
287 Shares

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको जिल्ला सभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा समन्वय समितिका प्रमुख वीरकुमार राईको अध्यक्षता र प्रतिनिधि सभासदस्य हेमकुमार राई ‘सुरवीर’को प्रमुख आतिथ्यतामा दोस्रो जिल्ला सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको खर्च अनुमोदन र चालु आर्थिक वर्ष २०७८–७९ को एक करोड ४९ लाख बजेट अनुमोदन गरेको छ ।

सभाले पर्यटन रोयल्टी बापतको रकमले जिल्लामा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने, वडाहरुलाई भवन निर्माणका लागि प्रक्रियामा आउन आग्रह गर्ने लगायतका निर्णय गरेको छ । सभामा स्थानिय तहका प्रमुख, उपप्रमुख लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार