सोलुमा पनि प्रहरी दिवस मनाइयो

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ६६ औ प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

ब्याडमिन्टन प्रतियोगीता लगायत विभिन्न मनोरञ्जनात्मक खेल, प्रहरीका लागि जग्गा उपलब्ध गराउने तथा उत्कृष कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मानका साथै जनताको सुरक्षामा ज्यान आहुति दिने प्रति सालमी अर्पण गर्दै प्रहरी दिवस मनाईएको हो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले जनताको सुरक्षा प्रहरीको हातमा रहेको भन्दै अझ जिम्मेवार भएर कार्यसम्पादन गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले देश जनताका लागि खरो रुपमा उत्रिनुपर्ने चुनौति प्रहरी संगठन सामु रहेको र त्यसका लागि तयार रहन प्रहरीलाई आग्रह गरे ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक कवित कट्वालले प्रहरीको सेवालाई अब्बल बनाउदै लैजाने बताए । जिल्लामा अपराध रोकथाम तथा नियन्त्रण, कोरोना महामारी न्युनिकरण, सवारी साधन चेकजाँच, अबैध धन्दा नियन्त्रण लगायतका लागि चेतनामूलक कार्यक्रम सहित अघि बढेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार