‘खुर्सानी डल्ले’को सिक्वल ‘ए…सिम्मा’ (भिडियो)

काठमाण्डौँ – दुई बर्ष अघि पुर्वेली लोक लयमा आधारित गीत ‘खुर्सानी डल्ले’ल्याएका भिषण मुकारुङले सिक्वल ‘ए…सिम्मा’ल्याएका छन् ।

तक्मे बुढाको यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मुकारुङको स्वर, दुर्लभ जन्तरेको गीत र विशेष खालिङको संगीत रहेको छ ।

गीतकार जन्तरे सोलु सोताङका हुन् भने संगीतकार खालिङ सोलु माप्य दुधकोशीका हुन् । गायक मुकारुङ भोजपुरका हुन् । पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज चन्दु गोर्खालीले गरेका छन् ।

विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्देशनमा तयार भएको गीतको भिडियोमा विल्सनको साथमा रजनी गुरुङ, विशाल लिम्बु, भिषण मुकारुङ र श्याम राईले अभिनय गरेको छ । विक्रम डिसीले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् ।

‘खुर्सानी डल्ले’गीत पनि तक्मे बुढाको यूटुव च्यानलबाट सार्वजनिक गरिएको थियो । भिषण मुकारुङको गीत, संगीत र स्वर रहेको गीतलाई ४० लाख बढि दर्शकको नजरमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार