ज्वालामाई मन्दिरमा दोस्रो पटक चोरी

  हिमाल समाचार  295 पटक हेरिएको

सोलुखुम्बु – सोलखुम्बुमा अवस्थित ज्वालामाई देवीको मन्दिरमा चोरी भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देवीको मन्दिरबाट गए राति एक थान सुनको सिक्रि, जन्तर, हार लगायतका बहुमुल्य बस्तु चोरी भएको हो । चोरले मन्दिरको झयालबाट त्रिशुल बङग्याएर भित्र छिरि चोरी गरेको सिसिटिभी फुटेजको आधारमा वडाध्यक्ष गोपाल मगरले जानकारी दिए ।

सिसिटिभिको फुटेजको आधारमा घटनास्थलमा प्रहरी पुगेर चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी निरिक्षक ओम यादवले जानकारी दिए । मन्दिरमा यसअघि पनि चोरी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार