युएनडिपिले महाकुलुङको सेतिपोखरी हिमताल संरक्षण गर्ने, ६० करोड बढी खर्च गरिदै

सोलुखुम्बु – जोखिममा रहेको सेतिपोखरी हिमताल संरक्षण गरिने भएको छ ।

महाकुलुङ गाउँपालिका वडा नम्बर ३ मा रहेको मेरापिक र चाम्लाङको फेदीमा रहेको सेतिपोखरी हिमतालको संरक्षण योजना अगाडी बढाईने भएको छ । २०७२ सालको भुकम्प पछि गएको सेतिपोखरी हिमपहिरोबाट दर्जनौ बस्ति विस्थापित भएपछि पटक पटक सरंक्षणको पहल भईरहँदा अन्ततः युएनडिपिले अग्रसरता लिएको हो ।

युएनडिपि र गाउँपालिकाको आज भएको भर्चुवल मिटिङमा सेतिपोखरी हिमताल संरक्षणलाई मुर्तरुप दिने सहमति भएको पालिका अध्यक्ष सागर किराँतीले बताए । करिब ६० करोडको लागतमा गरिने अभियानमा ताललाई निकास दिने, पुर्व सूचना प्रणाली स्थापना गर्ने र बायो ईन्जिनियरिङका कामहरु गरिने परियोजना सहयोग अधिकृत प्रकृति जिसिले बताए ।

समुन्द्रि सतहदेखि ५ हजार २ सय ५ मिटर उचाईमा रहेको उक्त ताल ९ सय ५० बर्ग मिटर क्षेत्रफल र २ सय ५ फिट गहिराई रहेको छ । यसअघि सेतिपोखरी हिमपहिरोका कारण महाकुलुङ वडा नम्बर १ को गम र सिम्बल्दो गाउँको २४ घर विस्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार