सिरानदेल युवा परिवारको व्यवस्थापनमा आफ्नै टोलमा ७५ नागरिकको स्वस्थ्य परिक्षण गरियो

सोलुखुम्बु – सिरानदेल युवा परिवार नेचा सल्याण ४ सोलुखुम्बुको व्यवस्थापनमा वडाका नागरिकहरुको रक्तचापको परिक्षण गरिएको छ । गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा रक्तचाप जाँच संग स्वास्थ्य परामर्श प्रदान गरिएको हो ।

नेचा सल्याण गाउँपालिका वडा नम्बर ४ लाई लक्षीत गरिएको रक्तचाप जाँच तथा स्वस्थ्य परामर्श कार्यक्रममा ७५ जना स्थानीयहरुले रक्तचापको परिक्षण गराएका छन् । परिक्षण गराउने सख्या मध्य ५ जनाको उच्च र १२ जनाको कम रक्तचाप देखिएको छ भने अन्यको सामान्य रहेको पाइएको छ । अनिमी अनिता राई सहयोगमा रक्तचाप चाँज गरिएको हो ।

पछिल्लो समय अधिकांश मानिसहरुलाई रक्तचाप सम्बन्धि समस्या हुने गरेको पाइएको छ । सिरानदेल युवा परिवारले आफ्नो वडाका स्थानीयहरुले रक्तचापको अवस्थाको जानकारी लिन सकुन भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको सिरानदेल युवा परिवार अध्यक्ष सुजन राईले जानकारी दिनु भयो । स्थानीयहरुले आफ्नै गाउँघरमै रक्तचाप परिक्षण गरि स्वास्थ्य परामर्श समेत लिन पाउँदा खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार