गीतकार खड्काको ‘विश्वको शिर सगरमाथा’लोकार्पण (भिडियो)

  हिमाल समाचार
413 Shares

काठमाण्डौँ – गीतकार शम्भु खड्का ‘मौसम’को जन्मभूमि प्रति समर्पित गीत ‘विश्वको शिर सगरमाथा’लोकार्पण गरिएको छ ।

जसिहाङ राईको संगीत तथा गायनमा तयार भएको गीतमा महिला गायनमा मूना खड्काको स्वर सुन्न पाइन्छ । गीतकार खड्का र संगीतकार राई सोलु नेचाका हुन् भने गायिका खड्का नेलेमा जन्मेकी हुन् ।

सोलुखुम्बुको परिचय बताउने गीतको आइतबार काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरेर लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसका नेता तथा उद्योगी प्रकाश सिंह कार्कीले गीतको लोकार्पण गर्दै सोलुखुम्बु विश्वकै एक मात्र उत्कृष्ट गन्तव्य भएको बताए । तल्लो क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न आवश्यक पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘विश्वका ठूला भनिएका देशमा पुगेर त्यहाँको विकासको मोडालिटी बुझेर आएको छु । जिल्लाको विकासका लागि राजनितिमा सक्रिय छु । निति निर्माण र कार्यान्वयन गर्ने ठाउँमा पुग्न सके आफ्ना भिजन कार्यान्वयन गर्ने सोच छ ।’ सोलुखुम्बुलाई पर्यटनकै माध्यमबाट विकास गर्न सकिने उनको भनाई छ ।

पर्यटन प्रर्वद्धन र त्यसको माध्यमबाट जिल्लाको विकासमा योगदान गर्न यूवा पुस्ता गोलबद्ध हुनु पर्ने बताए । उनले थपे, ‘सोलुको चिनारीको रुपमा जुन गीत तयार पारिएको छ । यसले पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने विश्वास लिएको छु ।’

संगीतकार जसिहाङ राईले जन्मभूमि प्रति समर्पित गीतमा जोडिन पाउदा खुसी व्यक्त गरे । गीतले पर्यटन प्रर्वद्धनमा पनि टेवा पु¥याउनेमा राईले विश्वास व्यक्त गरे ।

उनले भने, ‘सोलुखुम्बुको बारेमा मात्रै एक दर्जन गीतमा काम गरे । जस्ले आफ्नो जन्मभूमिलाई गुन लगाउने अवसर मिलेको छ ।’ गीतकार खड्काका अनुसार ‘विश्वको शिर सगरमाथा’बोलको गीत उनले एक दिनमै लेखेका हुन् ।

विद्यार्थी नेता भुपेन्द्र कट्टेलले गीत सफलताको शुभकामना दिदै समाज परिर्वतनमा गीत संगीतको भूमिका अतुलनीय रहेको बताए । ‘लोकार्पण भएको गीतले सोलुखुम्बु जिल्लाको पर्यटकीय संभावना विस्तारमा भूमिका खेल्नेमा आशावादी छु’ उनले भने ।

विद्यार्थी नेता कुमार कटेल सोलुखुम्बुको यर्थाथ चित्र गीत संगीतको माध्यमबाट विश्वभर लैजाने कोशिस सफल बनोस् भन्ने शुभकामना दिए । अर्का विद्यार्थी नेता सुजन राईले गीतले सोलुको माटोको सुगन्ध बोकेको बताए ।

पर्यटन व्यवसायी तथा समाजसेवी मिङमा शेर्पाले गीत सफलताको शुभकामना दिए । गीतकार शिखर गजरकोटेले हिमालको काखमा बसेर सृजना गर्नुको आनन्द स्वर्गीय हुने अनुभव साट्दै जन्मभूमिको नाममा जिवन्त सृजना सार्वजनिक भएको बताए ।

‘आफ्नै गाउँबाट स्थापित बनेका संगीतकार राईकै संगीतमा गीत बजारमा ल्याउन पाउदा हर्षित छु ।’गीतकार खड्काले भने, ‘म जन्मे हुर्केको भूमि प्रति समर्पित गीत रेकर्ड गर्दा निकै आनन्दित महसुस गरेको छु ।’

उनले सहयोगी साथीभाई शुभचिन्तकलाई धन्यवाद दिदै गीतको अफिसियल भिडियो सोलुखुम्बुमै खिच्ने तयारीमा रहेको समेत बताए । गीतलाई गाउँले इन्टरटेनमेन्ट यूटुव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार