गीतकार बस्नेतले सम्झिए ‘आमा’ (भिडियो)

  हिमाल समाचार
112 Shares

काठमाण्डौँ – गीतकार दिपक बस्नेतले ‘आमा’सम्झिएका छन् । यसअघि ‘तिमि फूल हौ’, ‘मेहफिल’लगायतका गीतबाट दर्शक स्रोताको मन जितेका बस्नेतले यो पटक गीतबाट ‘आमा’लाई सम्झिएका हुन् ।

बस्नेतकै शब्द, संगीतमा तयार भएको गीतमा कमल श्रेष्ठले स्वर भरेका छन् । ए प्लसमा रेकर्ड भएको गीतको एरेन्ज आशिष सुनुवारले गरेका छन् ।

गीतमा ‘आमा’सम्झेर भक्कानिएको पिडालाई शब्द, संगीत र संबाद मार्फत प्रस्तुत गरिएको छ । दिपक बस्नेतको यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् ।

तेन्जिङ पाल्देन र मोहन कुमार झिल्लुले खिचेको भिडियोमा रश्मी भट्ट, सागर कार्की, प्रकाश बुढाथोकी र उदिप शिवाकोटीले जीवन्त अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार