मनसुन आज भोलिमै बाहिरिन सक्ने, दुई /तीन दिन मौसम सफा रहने

  हिमाल समाचार
56 Shares

काठमाण्डाै – यसपालिको मनसुन आज भोलिमै बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाकाअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिइसकेको छ । गण्डकीसहित पूर्वी पहाडी क्षेत्रमा भने हल्का प्रभाव छ । ‘आजभोलिमै मनसुन बाहिरिने सम्भावना छ, हामीले अध्ययन गरिरहेका छौँ। भरे बेलुकासम्म सूचना निकाल्ने छौँ’– उहाँले भन्नु भएको छ ।

यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन नेपालबाटै बाहिरिने अवस्थामा रहेकाले अबको दुई/तीन दिन मौसम सफा हुने पनि मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

अहिले तराईका धेरैजसो जिल्लामा घाम लागिसकेको छ । केही जिल्लामा भने हुस्सु छ । यस्तै, काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि आज घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

यी क्षेत्रको मौसम अहिले आंशिक बद्ली छ । तर, अबको केही दिन देशभर नै ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार